
बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अध्यक्ष केपी ओलीसँग मनोरञ्जनमा कसैले प्रतिस्पर्धा गर्न कसैले पाि नसक्ने बताएका छन् । उनले बुटवलको चुनावी सभालाई आज (शनिवार) सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बुटवलको चुनावी सभालाई शनिवार सम्बोधन गर्दै नेता महतले एमालेसँग अब मनोरञ्जन दिन्छु भनेर मात्र जनताको मत माग्न बाँकी रहेको बताइए । ‘एमाले अध्यक्ष केपी ओलीसँग मनोरञ्जनमा कसैले प्रतिस्पर्धा गर्न सक्दैन, राजनीति मनोरञ्जनको विषय होइन,’ उनले भने, ‘अब कसैको कुराको पछाडि होइन कामको पछाडि लाग्नुपर्ने समय हो ।’
महतले एमालेले जनतासँग भोट माग्ने नैतिक आधार गुमाएको बताए । जनीतिमा इमान, समर्पण र दूरदृष्टि चाहिने भन्दै त्यो सबै एमालेले गुमाइसकेको उनले आरोप लगाए ।
ओलीकै पालामा देश काण्डैकाण्डमा फसेको उनको आरोप छ । ‘ओलीको पालामा कहिले ओम्नी, कहिले सुन त कहिले संसद विघटन काण्ड भए,’ महतले भने, ‘ओलीको पालामा देश ऋणमय भयो । अहिलेको सरकार बनेपछि देश अनुदानमय भएको छ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend