logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

    निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

    1.9K
    Shares

    काठमाडौं । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा ¥यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।

    आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर बालबालिकाको अत्यधिक प्रयोग गर्नेमा नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा छन् । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले वस्तुगत रूपमा प्रमाण पुग्यो र आचारसंहिताविपरीत बालबालिकाको प्रयोग भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे । आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको संयोजक छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend