आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

निर्वाचनमा आम नागरिकको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह

निर्वाचनमा आम नागरिकको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो ।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए ।

उनले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वा व्यक्त गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend