आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु

दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु

दार्चुला । दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend