आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीका लागि उडेको श्रीको जहाज किन गरियो काठमाडौंमै आकस्मिक अवतरण ?

धनगढीका लागि उडेको श्रीको जहाज किन गरियो काठमाडौंमै आकस्मिक अवतरण ?

 

 

काठमाडौं । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको हो ।

काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

विमानमा ८० जना यात्रु रहेको सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend