सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा: आयोग

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा: आयोग

काठमाडाै‌ । निर्वाचन आयोग नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीवार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाच्नका लागि तयारी पूरा गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहीता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए ।

त्यस्तै आयोगले आचारसंहीता लागू भए यता हालसम्म आचारसंहीता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए । उनले आचारसंहीता उल्लेंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधकोबताए ।

सह प्रवक्ता अर्यालले आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध गरेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend