आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

झडपपछि प्रभावित मतदानस्थलमध्ये ३१ ठाउँमा पुन: मतदान सुचारु

झडपपछि प्रभावित मतदानस्थलमध्ये ३१ ठाउँमा पुन: मतदान सुचारु

 

काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा शुक्रवार ६७ ठाउँमा झडप भएको छ । प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार दिउँसो साढे ४ बजेसम्म ६७ ठाउँमा झडप भएका छन् ।

झडप भएकामध्ये ३१ ठाउँमा पुनः मतदान सुचारु भएको छ । ३४ वटा मतदानस्थलमा मतदान ठप्प छ । त्यसमध्येमा पनि २० ठाउँमा मतदान शुरू हुने अवस्थामा रहेको प्रवक्ता केसीले लोकान्तरलाई बताए ।

निर्वाचन पुनः शुरू भएलगत्तै दोलखा, रामेछाप, रुकुमपश्चिम, धनुषा, पर्सा, डोल्पा, गोरखालगायतका जिल्लाहरूमा धेरै झडप भएका छन् । प्रहरीले घटना नियन्त्रण लिनका लागि देशभरमा १०० राउण्डभन्दा धेरै हवाई फायर गरेको छ । झडपका क्रममा २ दर्जनभन्दा धेरै घाइते भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend