आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तिंकरमा मतदान सकियो, छाङ्गरुमा मतदान अन्तिम चरणमा

तिंकरमा मतदान सकियो, छाङ्गरुमा मतदान अन्तिम चरणमा

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका हुन् ।

 

मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् । यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए । यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बसाई सर्ने गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend