सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैतडीको सिगास गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको सिगास गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

 

बैतडी । बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरी सिंह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका जस्वीर सिंह बोहराले १ हजार ७९८ मत ल्याए ।

उक्त पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम सिंह साउँदले १ हजार २६४ र नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर साउँदले १ हजार १३१ मत ल्याए।

गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी नेकपा एमालेकी उम्मेदवार धाना धामीले २ हजार ९३९ मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमित्रा ऐरले २ हजार ६९६ मत ल्याइन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend