सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि तामाङको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि तामाङको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत तामाङको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित दुवै राजदुतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदुत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानवीन गर्न समितिका सदस्य जितेन्त्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहनु भएको कार्यदल गठन गरिएको छ । कार्यदलले २ दिन भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदुत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताए ।

समितिले श्रीलंकाका लागि प्रस्तावित राजदुत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाई गर्न नसकिएको स्पष्ट पारेको छ । समितिको अर्को बैठक बुधबार (भोली) बिहान साँढे ८ बजे बोलाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend