आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेन शाहलाई पुत्रीलाभ भएको समाचार भाईरल, यस्तो छ वास्तविकता

बालेन शाहलाई पुत्रीलाभ भएको समाचार भाईरल, यस्तो छ वास्तविकता

काठमाडौं । बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् ।

आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् ।

तर बास्तविकता भने अर्कै छ । बालेन साहलाई नभई उनका दाजुलाई पुत्री लाभ भएको हो । बालेन शाहकी भाउजुले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । जसअनुसार बालेन साह काका बनेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend