logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • श्रीलंका र डेनमार्कका लागि प्रस्तावीत राजदुत विरुद्ध परेको उजुरीको सुनुवाई

    श्रीलंका र डेनमार्कका लागि प्रस्तावीत राजदुत विरुद्ध परेको उजुरीको सुनुवाई

    6.5K
    Shares

    काठमाडौं । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावीत राजदुतहरुको सुनुवाई गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रश्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको बिरुद्धमा परेका उजुरीमा सुनुवाई गरेको हो ।

    समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावीत द्धय राजदुतबिरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रश्तावित राजदुतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र दुई राजदुतबिरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।

    समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावीत राजदुत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदुत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदुतावास स्थापित गर्न पहल गर्ने बताए । उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए ।

    उनले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु¥याउन मुख्य भुमिका खेल्ने बताए । प्रस्तावीत राजदुत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता जनाए ।

    उनले नेपालको आर्थिक, कुटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पु¥याउने गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend