
काठमाडौं । प्रतिनिधिसभा सदस्य भिम रावलले नेपालका ठुला दलले सिद्धान्त मिचेर मनपरी गरेका कारण स्वतन्त्र उम्मेदवार अगाडि आएको बताएका छन् । प्रतिनिधिसभा बैठक पछि सुनौलो नेपालसँग कुराकानी गर्दै सांसद रावलले यस्तो बताएका हुन् ।
‘नेपालमा ठुला दलले सिद्धान्त मिचेर सरकारमा रहँदा वा विपक्षीमा रहँदा जे गरे त्यसको असर स्वरुप अहिले स्वतन्त्र उम्मेदवारहरु अघि आए ।’ उनले भने– ‘अघिल्लो निर्वाचनमा पार्टीलाई दिएको जनमत अनुसार व्यवस्थापन गर्न नसक्दा पनि अहिले एमाले दोश्रो दल बन्न पुग्यो ।’
देशको राजधानी रहको काठमाडौंमा जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेर मतदाताले पार्टीलाई सचेत गराएको उनको भनाई छ । उनले देशको भविष्य उज्यालो देख्न चाहान्छन् भने समाजावाद चाहान्छन् भने नेपालमा अब कम्युनिष्ट एक हुनुपर्ने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend