आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा जंगलमा फेला

ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा जंगलमा फेला

ओखलढुंगा । ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् ।
शनिवार राति १९ वर्षीया किशोरीलाई प्रहरीले अचेत अवस्थामा जंगलमा फेला पारेको हो । उनको टाउकोमा चोट देखिएको छ, बलात्कार गरेर फालेको हुन सक्ने प्रहरीले जनाएको छ ।

‘ठूलो पानी परेको थियो, सोही क्रममा किशोरीलाई अचेत अवस्थामा फेला पारेको हौँ,’ ओखलढुंगा प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले भने, ‘जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं लाने तयारी गरिएको छ ।’

उनका अनुसार पानी ठूलो परेका कारण बलात्कार हो कि होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, त्यसका संकेतहरू भने देखिएको डीएसपी खनालको भनाइ छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend