logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

    जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

    3.6K
    Shares

    जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । साहले नौ हजार ७७४ मत प्राप्त गरेका छन् । यस्तै‚ नेकपा (एमाले) का शिवशंकर साहले सात हजार ६०४ मत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले तीन हजार ९५८ मत, जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले तीन हजार ३६१ मत प्राप्त गरेका छन।

    त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १० हजार ९९५ मत सहित अगाडि छन्। एमालेका उम्मेदवार रुणदेवी झाले आठ हजार ६६१, लोसपाकी रीताकुमारी मिश्रको चार हजार ९३ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले दुई हजार ९०४ मत प्राप्त गरेका छन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend