आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ग्याँस बोकेको बुलेटमा गुड्दागुड्दै आगलागी हुँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

ग्याँस बोकेको बुलेटमा गुड्दागुड्दै आगलागी हुँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । गुडिरहेको ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको हो ।

नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रुपमा नियन्त्रणमा नआउनजेल सचेत बनिदिन सो सडक भएर यात्रा गर्ने सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend