logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का

    व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का

    6K
    Shares

     

    चितवन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । काँग्रेस चितवनले शुक्रबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।

    उनले भने, “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।” स्थानीय जनप्रतिनिधका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काँग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।

    देशमा दिगो शान्ति कायम गर्नका लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताए । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । काँग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए । उनले भने, “निर्वाचन हारेपछि सुत्नका लागि काँग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।” पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

    फरक प्रशंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए । उनले भने, “यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।” गठबन्धनबाट निर्वाचन गरेर काँग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए । स्थानीय तहको निर्वाचनमा देखिएको कम्जोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनु पर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend