सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैतडीमा ढुंगाले लागेर एक महिलाको मृत्यु

बैतडीमा ढुंगाले लागेर एक महिलाको मृत्यु

बैतडी । बैतडीको सिगासमा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

शुक्रबार साँझ वडा नं १ को आफ्नो घरबाट वडा नं ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर मैनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मैनाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend