सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बजेटबारे नेताको बोली: हावादारीदेखी बृद्धभत्ता बहिष्कारसम्म कसले के भने हेर्नुस् (भिडिओ सहित)

बजेटबारे नेताको बोली: हावादारीदेखी बृद्धभत्ता बहिष्कारसम्म कसले के भने हेर्नुस् (भिडिओ सहित)

काठमाडौँ –  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।

अर्थमन्त्री  शर्माले प्रस्तुत गरेको बजेटबारे विभिन्न दलका नेताले फरक फरक टिप्पणी गरेका छन्। संसद बाहिर हामीले केहि नेतालाई सोधेका थियौ यो बजेट कस्तो छ भनेर त्यसमा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर घटाइएको भन्दै आफुले उक्त रकम नलिने घोषणा गरे।

नेकपा एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रतिक्रिया सुनौलो नेपाललाई दिएका छन्। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि प्रतिक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप उनले लगाए ।

पूर्व अर्थमन्त्री बिष्णु पौडेलले ‘यो सरकार चुनावी सरकार हो, स्वयं अर्थमन्त्रीले चुनावको लागि समेत बजेट प्रस्ताव गरेको भन्दै सरकारले आफ्नो सीमा र हैसियत विर्षेर बजेट आएको बताए। उनले भने, ‘बजेटमा सरकारको हैसियत विर्षेर चुनावमा भोट बटुल्ने नियत राखिएको छ ।’ मुलक संकटग्रस्त भएको अवस्थामा बजेटले आजका समस्या चिन्नुभन्दा कार्यान्वयन गर्न नसकिने खालको बजेट आएको बताए ।

त्यस्तै पुर्व अर्थमन्त्री समेत रहेका नेकपा माओवादी नेता वर्षमान पुनले देशको संरचनात्मक सुधार हुनेगरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भएपछि प्रक्रियाका दिँदै पुनले कृषि क्षेत्रलाई सबैभन्दा बढी फोकस गरेर आएको बताए।

हामीले संसद बाहिर डा बाबुराम भट्टराई, बिष्णु पौडेल बर्षामान पुन ज्ञानेन्द्र कार्की लगायतका नेताहरुसंग लिएको प्रतिक्रिया भिडियो सहित प्रस्तुत गरेका छौ। हेर्नुहोस् सुन्नुहोस्

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend