आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तारा एयर दुर्घटना: १० वटा शव हेलिकोप्टरमार्फत कोवाङ झारियो

तारा एयर दुर्घटना: १० वटा शव हेलिकोप्टरमार्फत कोवाङ झारियो

 

काठमाडौं । जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर सबै यात्रुको मृत्यु भएको बताइएको छ ।

केही शव जहाजमुनि च्यापिएको अवस्थामा देखिएको र निकाल्ने प्रयासमा रहेको उद्धारमा खटिएको सुरक्षा निकायले जानकारी दिएको छ ।

प्रमुख सेनानी प्रेम पौडेलका अनुसार अहिलेसम्म १० वटा शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । बाँकी शवलाई पनि ल्याउने तयारी भएको छ । कोवाङमा सबै शव संकलन गरे पछि काठमाडौं ल्याइने छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend