आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

हेटौंडा । हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका –९ कर्रा स्थित सडकमा हिँडिरहेका पैदल यात्रीलाई बसले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुष घाइते भएका थिए ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसको नम्बर भने प्रहरीले खुलाएको छैन । मृत्यु हुनेको पहिचान पनि नखुलेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend