काठमाडौं । नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–११, विजयपुर बस्ने ४२ वर्षीय ईन्द्रबहादुर चौधरीको चट्याङ लागेर बुधवार बिहान मृत्यु भएको हो ।
आफ्नै खेतमा धानको बीउ हेर्न गएको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका उनको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।