logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैतडीमा बजेट: आगामी आर्थिक बर्षको सबैभन्दा बढी बजेट पाटनमा

    बैतडीमा बजेट: आगामी आर्थिक बर्षको सबैभन्दा बढी बजेट पाटनमा

    2.7K
    Shares

    बैतडी । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

    यस्तै जिल्लाको दशरथचन्द नगरका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो ।

    गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि रु ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । डिलाशैनी गाउँपालिकाका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि रु ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि रु ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि रु ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि रु २५ करोड ९९ लाख विनियोजन भएको छ ।

    बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend