आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धादिङमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु

धादिङमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु

 

धादिङ । धादिङमा ट्रकको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ ढाँडेमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोचालक नीलकण्ठ नगरपालिका ५ फ्याक्सेका ३० वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend