आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जग्गा विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

जग्गा विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

कलैया । जग्गाको नाप नक्साको विषयमा कुटपिट हुँदा आदर्श कोतवाल गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निवासी ६३ वर्षीय प्रभुप्रसाद कुसवाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकी रामप्रवेश महतो र किशोरी कुसवाहाका परिवार तथा मृतकका परिवारबीच जग्गाको विषयमा झगडाले कुटपिटको रुप लिँदा रामप्रवेश पक्षधरले कुसवाहालाई कुटपिट गर्दा सख्त घाइते उनको वीरगञ्जस्थित नेशनल मेडिकल कालेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

। कुटपिटमा सम्लग्न किशोरी र रामप्रवेशलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उनले बताए । मृतक कुसवाहा अवकाश प्राप्त रेन्जर हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend