आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रधानमन्त्रीले समय मागेर मन्त्री तत्काल मन्त्री हेरफेर रोकिएको हो: माधव नेपाल

प्रधानमन्त्रीले समय मागेर मन्त्री तत्काल मन्त्री हेरफेर रोकिएको हो: माधव नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् । ‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु’ उनले भने ।

नेता नेपालले अघि भने, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो ।’

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषदमा छन् ।

उनीहरुलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend