logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • धादिङमा करेन्ट लागेर एक महिलाको मृत्यु

    धादिङमा करेन्ट लागेर एक महिलाको मृत्यु

    5.3K
    Shares

    धादीङ । दक्षिण धादिङको थाक्रे गाउँपालिका–१ मा एक महिलाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिए ।

    एघार हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीले बताएका छन् । लगातार पानी परिरहेको अवस्थामा बाटो हिँड्दा नै करेन्ट लागेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend