logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोही पनि कन्फ्युज हुन पर्दैन चुनाव मंसिरमा हुन्छ : प्रचण्ड

    कोही पनि कन्फ्युज हुन पर्दैन चुनाव मंसिरमा हुन्छ : प्रचण्ड

    4.4K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचन मङसिरमा हुने बताएका छन् । बर्दियाको बेलभारमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा एकै चरणमा सम्पन्न गर्नेगरि छलफल भईरहेको जानकारी दिए ।

    ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’ उनले भने ।

    प्रचण्डले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend