आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

घरभित्रै पसेर महिलामाथि हातपात गर्ने मन्त्री विमला वली पक्राउ

घरभित्रै पसेर महिलामाथि हातपात गर्ने मन्त्री विमला वली पक्राउ

 

दाङ । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छन् । एकराज बस्नेतको घरभित्रै पसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ परेकी हुन् ।

उनका प्रेमी एकराज बस्नेत हुन् । मंगलबार बिहानै राज्यमन्त्री वलीले प्रेमी बस्नेतको घरमा घुसेर हगांमा मच्चाएकी हुन् ।

उनले ‘मेरो पोइ खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।

घटना हुँदा एकराज घरमा थिएनन् । एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए ।

आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन् ।

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend