सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पाल्पामा बालिका करणी आरोपमा एक जना पक्राउ

पाल्पामा बालिका करणी आरोपमा एक जना पक्राउ

पाल्पा । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको हो । विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend