आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जनकपुरको एक होटेलमा आगलागी

जनकपुरको एक होटेलमा आगलागी

जनकपुर । जनकपुरको एक होटलमा आगलागी भएको छ । जनकपुरधाम स्थित भैरव चोकमा मंगलबार बिहान बाँसबारी होटलको भान्छाकोठाबाट आगो सल्केको हो । आगोले होटलको सामग्री पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

आगलागीको कारण अहिलेसम्म खुलिनसकेको उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend