आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इलाममा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलाममा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलाम । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend