सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चितवनमा आफ्नै आमाको हत्या आरोपमा एक पक्राउ

चितवनमा आफ्नै आमाको हत्या आरोपमा एक पक्राउ

 

 

चितवन । आफ्नै आमालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा चितवन प्रहरीले सोमबार माडीमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने माडी नगरपालिका–६ स्याउलीबासका ३७ वर्षका अर्जुन तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार अर्जुनले आफ्नै आमा ५५ वर्षकी मायादेवी तमाङमाथि धारिलो हतियारले प्रहार गरेका थिए ।

घरदेखि सय मिटर पर आफ्नै मकैबारीमा अर्जुनले आमामाथि हतियार प्रहार गरेका थिए । सोमबार दिउँसो सवा ३ बजेतिर उक्त घटना भएको थियफ । घटनाको थप अनुसन्धानका लागि चितवन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend