काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (आज) दिउसो ३ बजेका लागि प्रधामन्त्री कार्यालय सिंहदरबारमा बैठकको आयोजना गरेका हुन् ।
सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने भनिएपनि मन्त्री हेरफेरका कारण बस्न सकेन । प्रधानमन्त्री देउवाले नयाँ मन्त्री सहित आजका लागि बैठक बोलाएका हुन् ।
यसैविच अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी आलोचना भएको छ । प्रतिपक्ष दल नेकपा एमालले अर्थमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनका लागि बाटो खुला गर्नुपर्ने बताउदै आएको छ भने सत्तापक्षबाट पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको छ ।
सम्भवतः आजको बैठकमा अर्थमन्त्रीको बारेमा पनि छलफल हुने स्रोतले बतायो ।