सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अर्थ मन्त्रालयमा यस्ता कर्तुत मच्चायर विदा भए अर्थमन्त्री शर्मा

अर्थ मन्त्रालयमा यस्ता कर्तुत मच्चायर विदा भए अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले आफुमाथी लागेको आरोपका सत्यतथ्य छानबिन गर्नका लागि बाटो खुला गर्न भन्दै अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

जनार्दन शर्मा अर्थमन्त्री बनेदेखि नै विभिन्न फण्डाले निरन्तर चर्चामा रहिरहे र विवादीत बनिरहे । उर्जामन्त्री हुँदा आशलाग्दो मन्त्रीको रुपमा चर्चा पाएका माओवादी  केन्द्रका नेता जनार्दन शर्मा वर्तमान गठबन्धन सरकारमा अर्थमन्त्रीमा रहँदा भने सबैभन्दा विवादित र कामै नलाग्ने मन्त्रीको रुपमा चर्चित बन्न पुगे ।

अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेदेखिनै जनार्दन शर्मा निरन्तरविवादास्पद निर्णय गर्नमा लागे । उनका अनेक हर्कतले माओबादी केन्द्रको मात्र नभएर गठबन्धनको सरकार र प्रधानमन्त्री देउवा समेत आलोचित बने ।

अर्थमन्त्री शर्माको कार्यकालमा देशको अर्थतन्त्र टाट पल्टियो । विदेशी मुद्राको सञ्चिती नहुँदा नेपालको अर्थतन्त्र पनि श्रीकंकाको जस्तै बन्ने त होईन ? भनेर जनता त्राहिमान रहिरहँदा उनका अनेक कर्तुतले भने सिमा नाध्न पुग्यो ।

देशको अर्थतन्त्रलाई रुस युक्रेनको द्धन्दले असर पारेपनि सो बाट देशमा आर्थीक संकट आउन नदिन अर्थमन्त्रीको विषेश भुमिका रहन्छ । तर नेपालको सन्दर्भमा त्यसो नभई उल्टै अर्थमन्त्रीले बारम्बार विवादित कामहर गरेर अर्थतन्त्र धरासायी बनाए ।

पछिल्लो समय त झन मन्त्री शर्माले विधि विधान नै मिचेर बजेट निर्माणमा बाहिरी मान्छे राखेर कर हरेफेरको गम्भीर आरोप छ उनमा । २०७९\ ८० को बजेट घोषणा हुनुभन्दा अघिल्लो रात जेठ १४ गते अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषय सर्वाधिक उचाइमा पुगे पछि सडक देखि सदनसम्म सिसिटिभी फुटेजको माग हुन् थाल्यो । त्यसबाट तर्सेका शर्माले सीसीटीभी फुटेज डिलिट भएको सामान्य प्रतिक्रिया दिए ।

बजेट निर्माणमा बिचौलिया र अनधिकृत व्यक्ति सामेल गराएर सिसिटिभी डिलेट गर्ने देखी सम्पत्ती शुद्धीकरण अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायका प्रावधानलाई उनले बेवास्ता गरे ।
आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था पनि उनैले गरे ।

त्यतिमात्र होईन कमिसन र ब्याक्तिगत लाभका लागी सीमित उद्योगलाई लाभ हुनेगरी पत्रु आइरनमा भन्सार छुट दिएको आरोप समेत उनीमाथि छ। त्यस्तै सेनेटरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छुट दिने निर्णय गरेर अर्थमन्त्रीले स्वदेशी प्याड उद्योगलाई धरासायी बनाएको प्रतिपक्षले आरोप लगाएको छ ।

स्वदेशी उद्योग धरासयी बनाउने मिसनमा खटिएका शर्माले चाउचाउ, बिस्कुटजस्ता विशेष उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्रै भन्सार महसुल कायम गरे।

विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री शर्मा आफैं अघि सरे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएको विषय कम चर्चामा रहेन ।

ब्यापारी र तिनको लाभका लागी जे सुकै गर्न अर्थमन्त्री तयार रहेको बताउने प्रतिपक्ष एमालेले भने जस्तैगरि अर्थमन्त्री शर्माले निश्चित व्यापारी घरानालाई लाभ हुने गरी विद्युतीय सवारीमा कर थप गरे।

व्याक्तिगत प्रतिशोधका आधारमा राष्ट्र बैंकले शंकास्पद रकम छुटाउन नमानेको भन्दै शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानबिन गर्नतर्फ लागे ।

त्यस्तै नेपालमा पुनर्बिमा सरकारी र हिमालयन पुनर्बिमा निजी  गरी दुईवटा कम्पनी छन् । उनले हिमालयन पुनर्बिमाको व्यापार सुरक्षित गरिदिन हिमालयनलाई लाभ हुनेगरी स्वदेशी पुनर्बिमा बाट मात्रै पुनर्बिमा गर्न पाउने व्यवस्था गरीदिएको बिमा कम्पनीहरूको आरोप छ ।

मोटरसाइकल आयातमा भन्सार महसुल वृद्धि, जलविद्युत् आयोजनाले पाउने कर छुट अवधि थप, निर्माणाधीन होटलले गाडी ल्याउँदा भन्सार छुट, सीमित उद्योगलाई लाभ हुनेगरी पत्रु आइरनमा भन्सार छुट उनका चर्चित काण्डहरु हुन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend