
काठमाडौँ – ‘अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता ’को मुख्य नाराका साथ ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा छन् ।
आगामी असार ३२ गते हुनगैरहेको निर्वाचनमा परिषद्का वर्तमान महासचिव समेत रहेका अधिकारीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार अधिकारीले आफू नेतृत्वमा आएपछि ठमेलले बर्षौ देखी भोग्दै आएको पार्किङको समस्या, सडक अतिक्रमण, अव्यवस्थित ढलको समस्यालाई आफुले समाधान गर्ने बताए।
मेरो कार्यकालमा मुख्य समस्यालाई एजेन्डा बनाएर सिलसिलावद्ध रुपमा काम गर्छु ठमेल प्रति आम जनतामा जुन भ्रम छ त्यो चिर्न बिशेष कदम चाल्नेछु ठमेल लाखौ बिदेशी पर्यटक भित्राउने र लाखौ नेपालीलाई रोजगारी दिने आकर्षक स्थल हो उनले भने।
अध्यक्ष अधिकारीको समूहबाट उपाध्यक्षमा राजु मान डङ्गोल र महासचिवमा राजीव पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन। बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम संचालक तथा पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले जानकारी दिए ।
अध्यक्षका उम्मेदवारअधिकारी ठमेल पर्यटन विकास परिषद्को सदस्य हुँदै महासचिव र हुँदै पर्यटन क्षेत्रमा बिभिन्न अनुभव सम्हालेका ब्याक्ति समेत हुन् ।
अधिकारीको उमेद्वारी घोषणा कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष डा।राम शरण थपलिया , समीर गुरुङ ,वडाध्यक्ष मुकुन्द रिजाल तथा ठुलो संख्यामा पर्यटन व्यवसायीहरुको को उपस्थिति रहेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend