logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी -प्रचण्ड

    राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी -प्रचण्ड

    5.7K
    Shares
    राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी -प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

    मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो-याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

    ‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

    इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन् । ‘समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ उनले भनेका छन् ।

    सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend