
काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताइन् । उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पारिन् । मन्त्री भुसालले सरकारी तवरबाट सुनकोशी जलविद्युत आयोजनामा सहयोग गरेपछिका दिनमा अहिल विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘नेपाल र चीन बीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि रही आएको हो । विगत लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरेको छ । सुनकोशी जलविद्युतबाट सरकारी तहमा शुरु भएको सहयोग कार्य निजी क्षेत्रमा निरन्तर बिस्तार भइरहेको छ । दुई देशबीचको व्यापार निरन्तर बिस्तार हुँदै आएको छ । आगामी दिनमा नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण भइ स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने आशा छ ।’
मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताइन् । उनले चीनले नेपालको औद्योगिकरण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि बताइन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend