सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गभर्नरले २४ घण्टाभित्र राजीनामा नदिए आन्दोलन थप चर्काउने नेवि संघ अध्यक्ष शेर्पाको चेतावनी

गभर्नरले २४ घण्टाभित्र राजीनामा नदिए आन्दोलन थप चर्काउने नेवि संघ अध्यक्ष शेर्पाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

गभर्नर विरुद्ध बालुबाटारमा भएको नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त विरोध प्रदर्शन अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् । उनले २४ घण्टाभित्र गभर्नरले राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend