logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • राज्यलाई विचौलियाकरण गरियो: प्रदीप ज्ञवाली

    राज्यलाई विचौलियाकरण गरियो: प्रदीप ज्ञवाली

    7.3K
    Shares
    राज्यलाई विचौलियाकरण गरियो: प्रदीप ज्ञवाली

     

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राज्यलाई विचौलियाकरण गरेको आरोप लगाएका छन् । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उपमहासचिव ज्ञवालीले करको दर हेरफेर देखि सत्ता सञ्चालनको मूल केन्द्रमै बिचौलिया हाबी हुने गरेको बताए । उनले सत्ता सञ्चालनको मूल केन्द्रमै बिचौलिया हाबी हुने गरेको भन्दै जनहितमा भन्दा पनि व्यक्ति र स्वार्थ समूहको हितमा सरकारका जिम्मेवार व्यक्ति लागी परेको बताए ।

    ‘म मन्त्री भइसकेको व्यक्ति हुँ, अहिले दुई थरी तरकारी पकाउने अवस्थामा छैन ।’ पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले भने – ‘गरिबिको रेखामुनि रहेका नागरिकको हालत के होला रु सरकारले यो वर्गको सम्बोधन गर्न चुकिरहेको छ । अनुहार हेरि हेरि उद्योगीलाई छुट दिने काम गरिएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend