आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लेखापरीक्षण प्रतिवेदन स्थानीय तह,प्रदेश र संघीय सबैको छुट्टाछुट्टै बनाइयो: टंकमणि शर्मा

लेखापरीक्षण प्रतिवेदन स्थानीय तह,प्रदेश र संघीय सबैको छुट्टाछुट्टै बनाइयो: टंकमणि शर्मा

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालले महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण प्रतिवेदन स्थानीय तह,प्रदेश र संघीय सबैको छुट्टाछुट्टै बनाएको बताए । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले महालेखापरीक्षक सँगको छलफलमा उनले त्यसरी लेखापरीक्षण गर्दा महानगरपालिकाहरुमा धेरै अनियमिता रहेको देखिएको बताए ।

महालेखापरीक्षक शर्माले बेरुजु तथा अनियमितताका कुरामा संस्थागत वा व्यक्तिगत रुपमा हेर्दा असुल गर्ने व्यक्तिगत र अनियमिता देखिएको सरकारी निकायकै नाममा दर्ज भएको विषय भएको दाबी गरे । त्यस्तै महालेखापरीक्षक चुनाव लक्षित गरेर बेरुजु नदेखाएको बताए ।

महालेखापरीक्षक शर्माले महालेखारीक्षकले प्रतिवेदनमा देखाएको अनियमितताको कुरा लेखा समितिमा कडाइका साथ एकएक गरेर निगरानी गरे एक÷दुई वर्षमा बेरुजु बढ्ने परिस्थिति कम हुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend