logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ को औपचारिक सुरुवात घोषणा

    होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ को औपचारिक सुरुवात घोषणा

    5.4K
    Shares

    काठमाडौं । होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजना सहित साउन महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरिएको हो । यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको बताइएको छ ।

    यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादन देखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको संस्थापक अध्यक्ष, साथीमार्टका सि.ई.ओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन भने ५ जनाको अनुभवी संचालक समिति रहेको बताइएको छ । ७ वटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन देखि रिटेल र टेक्नोलोजी देखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुजी ५० करोड र चुक्ता पूँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ ।

    साथै यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पूजी पुर्‍याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य राखिएको छ । २०८० ८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब पचास करोड पुर्‍याई आई.पि.ओ.मा समेत जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend