सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना आज दिउँसो भएको हो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend