आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

महंगी नियन्त्रण नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाको चेतावनी

महंगी नियन्त्रण नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महंगी विरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौं सहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्ड, लतिपुर, भक्तपुर लगायत मुख्य शहरमा पनि विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई बढ्दो महंगीको बारेमा ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन आजबाट शुरु गरेको बताए । संगठनले आज शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै यस्तो अवस्थामा जनता खान पनि नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाई थियो । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचार विरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ । राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पु¥याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend