logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या देखिएपछि पोखरा नै फर्काइयो

    पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या देखिएपछि पोखरा नै फर्काइयो

    6K
    Shares

    काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काइएको छ ।

    यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । एयरलाइन्सका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन् ।

    हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको बताइएको छ । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend