logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा

    चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा

    7.8K
    Shares
    चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा

     

    काठमाडौ । नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ । शुक्रवारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो ।

    पानीफोटो मार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

    फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुमाझ फिल्म हेर्दै नायक एवं निर्देशक लामिछानेले फिल्म राम्रो भएको बताए । उनले फिल्म हेर्न जानेले बेकार गएछु भन्ने भान हुन नदिने बताए । उनले चलचित्रको कथावस्तुले आम दर्शकलाई तान्ने बताए । फिल्मको चापका कारण शोजहरु कम भएपनि कथावस्तु राम्रो भएका कारण आगामी दिनमा शोहरु बढ्ने बताए । आज बिहानैदेखि हलहरुमा दर्शकको चाप बढेकोले फिल्म राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै नायिका मलिका महतले फिल्मको छायांकन गरेको लामो समय भएकोले के गरेको थिएँ भन्ने नै बिर्सिन लागेको अवस्थामा फिल्म प्रदर्शनमा आएको र फिल्म राम्रो रहेको बताइन् । उनले फिल्ममा सबै समय भावुक बनाउने बताइन् । आफू फिल्म हेरेर भावुक बनेको भन्दै उनले फिल्मको कथावस्तुले दर्शकको मन जित्ने बताइन् ।
    बाइट…खगेन्द्र लामिछाने, नायक एवं निर्देशक

    काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा सुटिङ भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेक हुन् । फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend