logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • किरणको नेतृत्वमा सशक्त बन्दै राष्ट्रिय वाणिज्य बैंकः निजी क्षेत्रका बैंकलाई टक्कर दिँदै धेरै नाफा आर्जन गर्ने पहिलो बैंक बन्न सफल

    किरणको नेतृत्वमा सशक्त बन्दै राष्ट्रिय वाणिज्य बैंकः निजी क्षेत्रका बैंकलाई टक्कर दिँदै धेरै नाफा आर्जन गर्ने पहिलो बैंक बन्न सफल

    10.8K
    Shares
    किरणको नेतृत्वमा सशक्त बन्दै राष्ट्रिय वाणिज्य बैंकः निजी क्षेत्रका बैंकलाई टक्कर दिँदै धेरै नाफा आर्जन गर्ने पहिलो बैंक बन्न सफल

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आर्थिक वर्षको खुद नाफा ३७.३८ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको छ । बैंकले अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।

    निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बन्न सफल भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend