logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले गर्याे प्रिपेड कार्ड सेवा शुरु

    हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले गर्याे प्रिपेड कार्ड सेवा शुरु

    6K
    Shares
    हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले गर्याे प्रिपेड कार्ड सेवा शुरु

     

    काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुईवटा नयाँ एक्सप्रेस प्रिपेड कार्ड सेवा शुरु गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा ग्राहकहरुका लागि अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताएको हो ।

    सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले अमेरिकन एक्सप्रेसँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताए । उनले भने दुईवटा कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताए ।

    हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरुलाई सहज हुने भएको छ । त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्डको शुरुवातले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिने बैंकले जनाएको छ । बैंकले शुरुवात गरेको कार्ड प्रयोग कर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाउने आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउनसक्ने भएका छन् । दुवै कार्डहरुले प्रयोग कर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउने छ । बैंको दुबै कार्डका प्रयोग कर्ताहरुले आकर्षक क्यासब्याक र भ्रमण र खरिदका लागि लाभ लिन सक्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend