logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सवारी लाइसेन्सको दैनिक आवेदन संख्यामा वृद्धि

    सवारी लाइसेन्सको दैनिक आवेदन संख्यामा वृद्धि

    2.9K
    Shares

    काठमाडौं । सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ । ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए । सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

    विचौलियाहरुले अप्लाई गरी होल्ड गरेर तनाव दिएको हुनाले कोटा थपेर समय नै तोकेर यो सूचना निकाल्न लगाएको स्रोतले बतायो । हाल आवेदकबाट प्राप्त शुरु विवरणहरु संशोधन गर्न रोक लगाउने तयारी पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend