logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएपछि सिसडोलमा फोहोरका गाडी रोकिए

    फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएपछि सिसडोलमा फोहोरका गाडी रोकिए

    4.1K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएको निहुँमा स्थानीयले पुनः आन्दोलन सुरु गरेका छन् । फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेको गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि स्थानीयले फोहोरको गाडी रोकेको सिसडोलका एक युवकले जानकारी दिए ।

    स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend